+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १४:१४

२७ साउन, काठमाडौं । त्रिभुवन  विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय  तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए ।

नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।

महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले उपकुलपति र रजिस्टारको कार्यालयमा विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । ‘परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उहाँहरुले हामी विकल्प दिन सक्दैनौं भन्नुभयो’ उनले भने ‘आज गएर तोडफोड गरेछन् ।’

अनेरास्ववियूको विरोध

नेविसंघ कार्यकर्ताले गरेको तोडफोडको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।

नेविसंघ कार्यकर्ताले उपकुलपति कार्यालय तोडफोड गर्नुका साथै शिक्षा शास्त्र संकायको केन्द्रीय क्याम्पसमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर प्रिन्टरलगायत शैक्षिक सामग्री तोडफोड गरेको अनेरास्ववियुले जनाएको छ ।

जिम्मेवार भई विद्यार्थीहरुको हक हितको पक्षमा बोल्नुपर्नेमा विद्यार्थीका नियमित काम कारबाही अवरुद्ध गर्ने गरी तोडफोड र विभागीय प्रमुखलाई धम्क्याउने जस्ता अनैतिक र अराजक काम नगर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

‘विश्वविद्यालयमा यस्ता अराजक, अमानवीय, असंवैधानिक गैरजिम्मेवारपूर्ण कार्यप्रति हाम्रो संगठनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी घोर भर्त्सना गर्दछ’ अनेरास्ववियुको त्रि वि कमिटीका संयोजक लोकेन्द्र ऐरीले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?