+
+
Shares

कालापानीबाट भारतीय सेना हट्नु पर्छ : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १४:५२

२७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् । रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् ।

‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’ पूर्व मन्त्री समेत रहेका नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै दुई देशबीचको सीमाना भए पनि भारतले कालापानीमा आफ्नो सुरक्षा फौज राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?