
२७ सउन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको छ । बैंकमा नयाँ व्यवस्थापन आएपछि राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको हो ।
अब यस बैंकले कारोबार सुरु गर्न सक्नेछ । जथाभावी गरिएको लगानी डुबेपछि बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।
राष्ट्र बैंकले फुकुवा गरेपछि अब कारोबार शुरु गर्न लागिएको बैंकको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जानकारी दिए ।
सीईओ पौडेलले पत्राचार गर्दै नेपाल स्टक एक्सचेञ्जलाई पनि फुकुवा भइसकेको जानकारी गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4