+
+
Shares

दालमोठ, चिउरा र गुदपाकको गुणस्तर निर्धारण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १७:३१

२७ साउन, काठमाडौंं । सरकारले स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोक्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कृषि मन्त्रालयको प्रस्तावमा खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको प्रवक्ता खतिवडाले बताए ।

उक्त आदेश स्वीकृतपछि दालमोठ, चिउरा तथा गुदपाक लगायतका वस्तुको गुणस्तर मापदण्ड तय हुनेछ । बजारमा अत्यधिक मात्रामा खरिद बिक्री हुने तर गुणस्तरको मापदण्ड नहुँदा उपभोक्ता ठगिने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?