
२७ साउन, कैलाली । बाजुरामा खोलाले बगाएर ल्याएको अवस्थामा सात महिने बालिकाको शव फेला परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–४ मौरेमा ३० वर्षीय खड्क लुहारकी ७ महिने छोरी जितु लोहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खड्क लुहारकी २५ वर्षीया श्रीमती उजला लुहार भने मंगलबार बिहानदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
‘हिजो साँझ खाना खाएर सुतेका आमा छोरी बिहानदेखि बेपत्ता भएका थिए,’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले भने, ‘छोरीको शव भेटिएको छ, आमा अझै बेपत्ता छिन् ।’
बेपत्ता महिलाको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4