+
+
Shares

विराटनगरमा एकैदिन थपिए ५० जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १९:०३

२७ साउन, विराटनगर । विराटनगरमा थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा म‌ंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रदेशमा ९८ संक्रमित थपिए

आइतबार विराटनगरमा ५० सहित प्रदेश १ मा ९८ संक्रमित थपिएका छन् ।

प्रदेशमा संक्रमण पुष्टि भएको यो संख्या अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५० सहित मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये १ हजार १४ जना डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?