Comments Add Comment

१५ भदौ अगाडि खेलकुद प्रशिक्षण गर्न नपाइने

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण रोकिएको खेलकुद प्रशिक्षण १५ भदौसम्म गर्न नपाई नभएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १६ भदौबाट मात्रै अन्तराष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेल सञ्चालन गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले यसअघि अन्तराष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेल १ भदौबाट सुरु गर्न सकिने निर्णय गरेको थियो ।

त्यही निर्णय अनुसार आफूहरूले फुटबल प्रशिक्षणको तयारी गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन् । खेलाडीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेको र दुई हप्ता क्वारेन्टिनमा राखेर प्रशिक्षण सुरु गरिने शेर्पाले जानकारी दिए ।

समूहमा खेलिने खेलकुद, खेल मैदानमा हुने प्रस्तुति, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब आदि भने सरकारले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment