२७ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले तीन दिनको लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि ओलम्पिक कमिटीले सातदोबाटोस्थित आफ्नो कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी अधिकृत चतुरानन्द राजवैद्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोको त्रास बढेकाले आउने शुक्रवारसम्म कार्यालय बन्द गर्न लागिएको हो । तर कार्यालयमा उपस्थिति नभए पनि घरबाटै काम गरिने ओलम्पिक कमिटीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4