Comments Add Comment

प्रदेश १ मा ६० हजारको कोरोना जाँच, १,५०० को रिपोर्ट पोजेटिभ

२८ साउन, विराटनगर । पछिल्लो चार महिनामा प्रदेश १ मा ६० हजार बढीको पीसीआर जाँच भएको छ । गत २८ चैतयता मंगलबारसम्म ६० हजार ६ सय ८० वटा पीसीआर जाँच गरेको हो । जसमध्ये एक हजार पाँचसय ६३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर जाँच हुन्छ । मेची अस्पतालमा पीसीआर जाँचका लागि मेसिन जोड्ने तयारी छ ।

पछिल्लो चार महिनामा प्रदेश १ का ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाका ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जानकारी दिए । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ ।

परीक्षण गरिएका मध्ये ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण भएको यादवले बताए । उनका अनुसार विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको छ ।

विराटनगर महानगरपालिकाले संकलन गरेको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगरका विभिन्न संघ संस्थाबाट लिइएको १ हजार ४ सय ८० नमूना परीक्षण भएको हो ।

मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालामा दैनिक १ हजार ५ सय स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment