Comments Add Comment

पत्रकार बलराम बानियाँ सम्पर्कविहीन

२८ साउन, काठमाडौं । पत्रकार बलराम बानियाँ सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको छ ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको छ । स्रोतका अनुसार उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको छ ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमाथि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको र त्यता नजान भनेको स्थानीयबासीले प्रहरीसँग बताएका छन् ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी जारी राखेको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार बानियाँले लगाएको जुत्ता पनि भेटिएको छ, जसलाई बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी छन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment