Comments Add Comment

फुटबलका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ

२८ साउन, काठमाडौं । फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीसहित २५ जनामा कोरोना संक्रमण नभएको पाइएको छ ।

सोमबार पाटन अस्पतालमा ११ खेलाडी २ अफिसियल र अन्य स्टाफसहित २५ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । ती सबै जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सोमबार ११ खेलाडी, १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ कर्मचारी गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

मंगलबार स्वाब स‌ंकलन गरिएका २४ खेलाडीहसति २९ जनाको भने रिपोर्ट भने आउन बाँकी छ ।

फिफा विश्वकप  र एएफसी छनोट अन्तर्गत  नेपाली फुटबल टिमले भदौ १ देखि प्रशिक्षण सुरु गरेको थियो । त्यसैका लागि एन्फाले खेलाडीहरुको कोरोना परीक्षण गराएको हो ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले अब अक्टोबर/नोभेम्बर महिनामा हुने हुने भनिएका छनोट खेलहरु २०२१ सम्मको लागि स्थगित भएको जनाएपछि नेपाली खेलाडीको प्रशिक्षण नहुने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment