
सप्तरी, २८ साउन । सप्तरीमा भएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको मृत्यु भएको छ ।
स ७ प ८९३२ नम्बरको मोटरसाइकलमा सवार हजुर बुवा र नातिनीलाई ना ४ च ८४८३ नम्बरको पिकअप भ्यानले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ६ स्थित कल्याणपुर सडक खण्डमा ठक्कर दिएको हो ।
ठक्करले मोटरसाइकल चालक खडक नगरपालिका ६ कल्याणपुर निवासी ४५ बर्षीय कासीम अन्सारी र उनका ३ बर्षीया नातिनी फरना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करले अन्सारीको घट्नास्थलमै र बालिकालाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4