+
+
Shares

काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १४:४९

२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।

एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?