Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

३० साउन, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

बैंकले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड-१९ बीमा गराएको हो ।

बैंकले आˆनो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौताअनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंकलेसुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दैआˆना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।

ग्लोबल आइएमई बैंकले कोरोनाको यस महामारीबाट आˆना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment