Comments Add Comment

वीरगञ्ज हेल्थकेयरबाट २८ जना काेराेना संक्रमित डिस्चार्ज

३० साउन, वीरगञ्ज । वीरगञ्ज हेल्थकेयरबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गण्डकस्थित हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार उनीहरुको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

नारायणी अस्पताल अन्तर्गत स्थापना गरिएको १२० बेड क्षमता भएको कोभिड अस्पतालबाट डिस्चार्ज हुनेमा २७ जना पर्साका र एकजना बाराका छन् ।

अन्नपूर्ण पोष्ट दैनिक र नारायणी एफएममा कार्यरत वीरगञ्ज–१० घडिअर्वा बस्ने ३९ वर्षीय पत्रकार क्रान्ति साहसहित २८ जना कोरोनामुक्त भई घर फर्किएको अन्सारीले जानकारी दिए ।

उनका अनुसार सखुवाप्रसौनी गाउँपालिका–२ का अढाई वर्षको बालकले पनि कोरोना जितेका छन् । डिस्चार्ज हुनेमा सखुवाप्रसौनी–२ कै ३५ वर्षीया महिला र सखुवाप्रर्सौनी–४ का ३३ वर्षीय पुरुष छन् ।

वीरगञ्ज–११ श्रीपुरका ६०, ४५, ६०, ३८, ४८, २६, ३१, र ३० वर्षीय पुरुष तथा ४५, १८ र ४५ वर्षीया महिला, वीरगञ्ज–११ रानीघाटका १८ वर्षीय पुरुष डिस्चार्ज भएका हुन् ।

त्यसैगरी वीरगञ्ज–२२ मनीयारीका ३० वर्षीय पुरुष, वीरगञ्ज–२५ सिर्सियाका २९, २७, ६५, ३१, २५ वर्षीय पुरुष, वीरगञ्ज–१६ नगवाका ४६ वर्षीय पुरुष, वीरगञ्ज–१३ श्रीपुरका ४९ वर्षीया महिला, वीरगञ्ज–१३ रानीघाटका २६ वर्षीय पुरुष र वीरगञ्ज प्रतिमा चोकका ३२ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएका छन् ।

बाराको आदर्शकोतवाल गाउँपालिका–६ का २५ वर्षीय पुरुषले कोरोना जितेको नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरले जनाएको छ ।

१ सय २० बेड क्षमताको कोभिड अस्पतालमा २५ बेड आईसीयु छ । २८ जना डिस्चार्ज भएपछि १६ जना आईसीयुका सहित अस्पतालमा ७९ जना उपचाररत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment