
३० साउन, काठमाडौं । काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरसँग भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’
हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4