+
+

लिदीबासीलाई जोगाउन नसक्नु राज्यको अक्षम्य गल्ती : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते २१:४८

३१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीमा राज्यले अक्षम्य गल्ती गरेको बताएको छ । पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ ।

लिदीमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै हराइरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै सरकारलाई प्रश्न गरेका छन्, जनताले लिखित रूपमा गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’

जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को नभएको कांग्रेसले बताएको छ ।

कोरोनाको महामारीसँग जुध्न असफल सरकारको शासकीय योग्यता र सार्थक अस्तित्व यो घटनापछि शून्यतामा पुगेको उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?