+
+

निर्माता संघको लफडाः अध्यक्ष हस्ताक्षर गर्ने, महासचिव असहमति जनाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १२:५२

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले संचारकर्मी प्रकाश सुवेदीको कार्यक्रम वार्ता वा कानुनी उपचारबाट समाधान नभएसम्म बहिष्कार गर्ने निर्णयमा हस्ताक्षर गरे । अध्यक्षले चलचित्र निर्माता संघको तर्फबाट हस्ताक्षर गरेपछि त्यो संस्थागत निर्णय मानिन्छ ।

तर, अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको केही समयमै महासचिव रोज राणाले यसको विरोध गर्दै असहमती जनाए । उनले, प्रकाश सुवेदीले टेलिभिजनबाट बोलेको कुरा पत्रकारिता आचारसंहिता विपरीत भएको भन्दै यसको आलोचना पनि गरेका छन् । तर, प्रकाशले माफी मागिसकेको अवस्थामा विभिन्न संस्थाहरुले कार्यक्रमलाई नै बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले, चलचित्र निर्माता संघको तर्फबाट अध्यक्षले गरेको हस्ताक्षर संस्थाको नभई व्यक्तिको धारणा भएको उल्लेख गरेका छन् ।

महासचिवको यो भनाइलाई सदस्य अर्जुन कुमारले समर्थन गरेका छन् ।

चलचित्र निर्माता संघमा अध्यक्ष र महासचिवविचको जुहारी पहिलो पटक देखिएको होइन । विरगञ्जमा चलचित्र महोत्सव आयोजना गर्ने समयदेखि नै अध्यक्ष आकाश अधिकारी र महासचिव रोज राणाको तिक्तता देखिएको छ । महासचिव राणाले महोत्सवमा नै सहभागीता जनाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?