Comments Add Comment

बेलारुसका राष्ट्रपतिलाई रुसको साथ

३२ साउन, काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफूलाई बाह्य सैन्य जोखिम उत्पन्न भएको अवस्थामा सुरक्षा सहयोगको लागि सहमत भएको बताएका छन् ।

अगष्ट ९ मा भएको निर्वाचनपछि मुलुकमा राष्ट्रपतिको विरुद्धमा आन्दोलन चलिरहेको अवस्थामा बेलारुसका राष्ट्रपतिको यस्तो भनाइ आएको हो । अहिले बेलारुसको छिमेकी मुलुकहरु पोल्याण्ड र लिथुवानियामा नेटोको सैन्य अभ्यास चलिरहेको अवस्थामा बेलारुसले रुससँग सहयोग मागेको हो ।

अहिले बेलारुसमा सरकारविरुद्ध हजारौंले प्रदर्शन गरिरहेका छन् । शनिबार बेलारुसको राष्ट्रिय टेलिभिजनअघि हजारौंको संख्यामा मानिसहरु भेला भएको थिए । उनीहरुले आफूहरुको आन्दोलनको पूरा अभरेज दिन माग गरेका थिए ।

गत साता भएको निर्वाचनमा राष्ट्रपति लुकासेन्कोले अत्यधिक बहुमतसहितको जित हासिल भएको घोषणा गरेसँगै बेलारुसमा आन्दोलन सुरु भएको हो । प्रदर्शनकारीहरुले राष्ट्रपतिले निर्वाचनमा धाँधली गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् ।

उक्त निर्वाचनमा राष्ट्रपतिको पक्षमा ८० प्रतिशत र मुख्य प्रतिस्पर्धीको १० प्रतिशत मत आएको निर्वाचन आयोगले बताएको थियो । तर, प्रमुख प्रतिस्पर्धी स्भेट्लाना तिखानोभ्स्कायाले भने ६० देखि ७० प्रतिशतको मत आफूले पाएको दाबी गरेकी छिन् ।

आन्दोलनको पक्षमा ईयूका विदेशमन्त्रीहरुले बेलारुसको सरकारमाथि प्रतिबन्धको तयारी गरिरहेको अवस्थामा बेलारुसले यस्तो अभिव्यक्ति दिएको हो । अमेरिकाले पनि बेलारुसको निर्वाचन स्वच्छ र निष्पक्ष नभएको भन्दै आलोचना गरेको छ ।

यो निर्वाचनको विषयमा अहिलेसम्म ६ हजार सातसयभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुले सुरक्षाकर्मीले अनावश्यक यातना दिएको बताएका छन् । प्रदर्शनकारीहरुले लुकासेन्कोलाई अन्तिम तानाशाहको रुपमा सम्बोधन गर्दै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment