Comments Add Comment

स्वाब संकलन गर्ने चिकित्सकलाई नै कोरोना संक्रमण

३२ साउन, विराटनगर । शंकास्पद शंक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ ।

स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार संक्रमण पुष्छि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएका चिकित्सकलाई केही दिनयता कोरोनाको लक्षण देखिएको थियो ।

८६ जना संक्रमित थपिए

विराटनगरमा महानगरपालिकामा थप ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महानगरपालिका भित्रका ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।

संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएका छन् । सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर- २ तीन पैनीकी ५० वषिर्य महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रदेशमा १०३

प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ९२, इलाममा १, खोटाङमा ६ र सुनसरीमा २ सहित प्रदेशमा १०३ जनामा संक्रमण पुष्टि भएकेा हो । संक्रमित मध्ये २ जना प्रदेश २ का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment