Comments Add Comment

न्यूरोड क्षेत्रका पसल दुई दिन बन्द

मापदण्ड पूरा गरेर मात्रै व्यावसाय सञ्चालन गर्न पाइने

अनलाइनखबर फाइल

३२ साउन, काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पूरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड-१९ संक्रमण देखिएको छ । संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको हो ।

मास्क सेनीटाइजर अनिवार्य, व्यावसायीको कोरोना परीक्षण हुने

व्यावसायी र सेल्स एजेन्टहरूको र्यान्ड विधिबाट कोभिड-१९ परीक्षणको तयारी भइरहेको वडाध्यक्ष महर्जनले जानकारी दिए । उनी भन्छन्, ‘व्यवसायीहरूमा देखिइसकेको त छैन तर बेलैमा कडाई गर्दा सबैलाई राम्रो हुन्छ भनेर यस्तो निर्णय गरेका हौं ।’

विक्रेता र ग्राहकले मास्क र सेनीटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एउटाभन्दा बढी काउन्टर प्रयोग खोल्न नपाइने र प्रत्येक पसलमा सामाजिक दुरी कायम हुने वातावरण बनाउनु पर्ने महर्जन बताउँछन् ।

वडाले थप सार्वजनिक स्थलमा साबुन र पानी व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment