Comments Add Comment

विश्वभर एकैदिन थपिए २ लाख ९४ हजार बढी कोरोना संक्रमित : डब्ल्यूएचओ

३२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको बताएको छ । डब्ल्यूएचओका अनुसार पहिलोपटक एकैदिन यति धेरै कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका दुई करोड १४ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात लाख ७१ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका ५३ लाख ६१ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । अमेरिकामा यो भाइरसका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ७० हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार नाघेको छ । ब्राजिलमा पनि कोरोना भाइरसका कारण एक लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरसका २५ लाख ८९ हजारभन्दा धेरै संक्रमित पुगेका छन् भने यसबाट मृत्यु हुनेको संख्या पनि ५० हजारनजिक पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment