+
+

चितवनमा माडीबाहेकका सबै स्थानीय तहमा निषेधाज्ञा

पूर्वी चितवनमा आइतबार रातिबाट लागु हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १७:१३

३२ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका ६ वटा स्थानीयमा तहमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहहरुकै सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो ।

माडी बाहेकका स्थानीय तहमा भदौ ५ गतेसम्म लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भरतपुर महानगरपालिकामा साउन ३० गते शुक्रबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनका कालिका, रत्ननगर खैरहनी र राप्ती नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लागु गरिएको जनाएको छ ।

संक्रमणको जोखिम न्यूनिकरण गर्ने उद्धेश्यले मानिसहरुको जमघट र आवातजावत रोक्ने उदेश्यले निषेधाज्ञा लगाइएको प्रजिअ भट्टराईले बताए ।

माडी नगरपालिका क्षेत्रमा भने नगरपालिका स्वयंमले माडी प्रवेश गर्ने मुख्य नाका सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा अत्याश्यकीय खाद्य सामग्री खरिद गर्न बिहान ५ बजेदेखि ८ बजे र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइनेछ ।

लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन चल्ने छन् भने बाँकी सबै बन्द हुने सूचनामा उल्लेख छ । आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु, स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु सञ्चालनमा रहनेछन् ।

तोकिएका बाहेका व्यापार व्यवसाय, बजार तथा पसल खुल्ला नगर्न, गैर सरकारी संस्था, बैङ्क तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरु सबै बन्द गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रशासनले धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट लगायतका कार्यक्रममा पनि रोक लगाएको छ । कसैले नियमको उल्लङ्घन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?