३२ साउन, जनकपुरधाम । यसअघि जनकपुरधाममा मात्रै रहेको निषेधाज्ञालाई धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर विस्तार गरेको छ ।
आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए ।
यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र दोस्रो पटक २६ साउनदेखि ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4