+
+
Shares

रुपन्देहीको सैनामैनामा ७ भदौसम्म लकडाउन

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १ गते ७:२३

१ भदौ, बुटवल । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ ।

नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने र अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न नपाउने पन्थीले बताए ।

नगरपािलकाले कोारेना संक्रमणाट जोगिन आवशयक व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षित रहन नगरवासीमा अपील गरेको छ । यसअघि रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि लकडाउन गरिसकेका छन् ।

हालसम्मको तथ्यांक अनुसार सैनामैनामा सैनामैना नगरपालिकामा ४३ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । जसमध्ये बुटवल उपमहानगरपालिकामा ८१, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१, तिलोत्तमा नगरपालिकामा ६१, देवदह नगरपालिकामा १८, सिद्धार्थनगरमा ६० जना रहेका छन् ।

यस्तै मायादेवी गाउँपालिकामा २०, ओमसतिया गाउँपालिकामा २, रोहिणी गाउँपालिकामा ८, मर्चवारी गाउँपालिकामा १५, सम्मरीमाई गाउँपालिकामा २७, सियारी गाउँपालिकामा ८, शुुद्धोधन गाउँपालिकामा ८, गैडहवा गाउँपालिकामा २६, कोटहीमाई गाउँपालिकामा २६ र कञ्चन गाउँपालिकामा २५ जना संक्रमित छन् ।

एक जना रुपन्देही बस्ने अरु ठेगाना नखुलेको संक्रमित छन् । संक्रमितमध्ये १६० जना उपचाररत छन् भने ३३३ जना निको भएको र १ जनाको मृत्यु भइसकेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?