+
+
Shares

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १५:५५

१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन परिवर्तन गरेको छ। मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ।

उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । अहिलेसम्म नारायणीका मेसु रहेका डा मदनकुमार उपाध्यायलाई मन्त्रालय फिर्ता बोलाइएको छ।

पछिल्लो समय वीरगञ्जमा कोरोनाको हटस्पट बन्दै गएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्नसमेत गाह्रो भएको छ।

केही दिनअघि स्थानीय बताउने अराजक तत्वले अस्पतालमा पसी तोडफोड गर्नुका साथै डाक्टरमाथि समेत आक्रमणको प्रयास गरेका थिए । मेसु डा उपाध्यायलाई कालोमोसो लगाउने प्रयाससमेत गरेका थिए ।

मन्त्रालयका सहसचिव रघुराम बिष्टले वीरगञ्जको पछिल्लो अवस्था र विद्यमान परिस्थितिलाई हेरेर उपयुक्त निर्णय लिइएको बताए । उनले डा उपध्यायलाई अहिले मन्त्रालयमा काजमा ल्याइएको प्रतिक्रिया दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?