Comments Add Comment

कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, १४ जना डिस्चार्ज

१ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका सातजना, जुम्लाका तीनजना, दैलेख, सल्यान, धनुषा र भारतका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९२८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment