+
+
Shares

कृषि मन्त्रालयको आत्मालोचना : मल उपलब्ध गराउन नसकेकामा दुःखी छौं

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १७:२७

१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका छन् ।

‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ, सचिव भारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मल अभाव हने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थीतिका कारण समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।

३२ हजार १९० मेटि्रक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?