Comments Add Comment

खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु

१ भदौ, कैलाली । खाल्डोमा जमेको पानीमा डुबेर बैतडीमा २ बालकको मृत्यु भएको छ ।

सडक निर्माण गर्ने क्रममा खनेको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

देहीमाण्डौं-गिरेगडा सडकखण्ड अन्तर्गत दशरथ चन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

‘११ वर्षीय बालक पहिले पौडी खेल्न गएका थिए उनी डुबेपछि अर्का बालक उनलाई बचाउन खोज्दा दुवैजनाको मृत्यु भएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment