Comments Add Comment

मास्क नलगाउनेलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि नै कुटपिट

१ भदौ, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्रहरीमाथि कुटपिट भएको छ । कोरोना महामारीको समयमा पनि  मास्क नलगाई बाहिर हिंडडुल गरेकाे पाइएपछि उनीहरुलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

शुद्धोधन गाउँपालिका वडा नंं. १ को लबनी चौराहामा मास्क नलगाई सडकमा निस्केका स्थानीयलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत प्रहरीमाथि कुटपिट भाएको उनको भनाइ छ । १०/१५ जना स्थानीयको समूहले लाठी र फलामको छडले हिर्काउँदा ६ जना प्रहरी घाइते भएका उनले बताए । घाइते मध्ये तीन जनालाई बढी चोट लागेका उनले बताए । बढी चोट लागेका तीनै जनालाई थप उपचारका लागि भैरहवा पठाइएको र तीन जनाको स्थानीय मेडिकलमै उपचार भइरहेको मल्लले बताए ।

घटनापछि लबनीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र प्रहरीमाथि कुटपिट गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीलाई कुटपिट गर्नेहरु भागेका तर उनीहरुको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment