+
+
Shares

सेलपे सेल्सवेरी अफरः सेल्सवेरीमा सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते २०:५१

१ भदौ, काठमाडौं ।  सेलकमको सेलपे सेवाले सेल्सवेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सवेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ्र ।

यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सवेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउन्ट (अधिकतम ५००) पाउने छन् ।

सेलपे सेल्सवेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सवेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्न सकिन्छ । र सेलपे एप्पमा रहेको ‘पे मर्चेन्ट’ क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्न सकिन्छ ।

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र ।

सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?