+
+

आर्थिक अनियमितताको आरोपमा बाराका सशस्त्र प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १५:१६

२ भदौ, काठमाडौं । आर्थिक प्रलोभनमा भारतबाट आउने कामदारलाई नेपाल प्रवेश गराएको उजुरी गृह मन्त्रालयमा पुगेपछि सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख दिग्बिजय सुवेदी जिम्मेवारीबाट हटाइएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्यालयले सुवेदीलाई हटाएर उनको ठाउँमा रविनराज कर्णजितलाई काज सरुवा गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले भने सरुवाको कारणबारे अनविज्ञता जनाएका छन् ।

सुवेदीले भारतबाट लकडाउनको अवधिमा नेपाल प्रवेश गरेका कामदारबाट प्रतिव्यक्ति १५ सय रुपैयाँ कमिसन लिएको अभियोग छ । त्यसबारे सशस्त्र प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?