Comments Add Comment

नम्रताको स्टाइल

लकडाउन अगाडि नायिका नम्रता सापकोटा ‘डेसान’ नामक चलचित्रको काममा व्यस्त थिइन् । तर, लकडाउनका कारण यो चलचित्रको छायांकन रोकियो । यसपछि, घरमै रहेकी नम्रता अहिले आफ्नो फिटनेशनमा ध्यान दिइरहेकी छिन् ।

लकडाउनको समयमा नम्रताले चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ रहेको भन्दै तर्क गरिन् । नम्रताको यो तर्कमा समर्थन र विरोध दुबै भयो । तर, पनि नम्रता रोकिएकी छैनन् । उनले, राम्रो कलाकारले अवसर नपाएको भन्दै यो बिषयमा बोल्न छाडेकी छैनन् ।

नम्रता चलचित्र नै पाइदैन कि भनेर आफू बोल्न नछाड्ने पनि बताउँछिन् । राम्रो काम गर्ने हो भने कसैले पनि पछि हट्न नपर्ने तर्क उनको छ ।

चलचित्र बजारमा देखिएको समस्याको बिषयमा खुलेरै बोल्ने यी नायिका अहिले टिकटक बनाउने, विभिन्न ब्रान्डको प्रमोशन गर्ने लगायतका काम गरिरहेकी छिन् । नम्रताले चलचित्र क्षेत्रमा आफू निरन्तर लागिरहने र यहाँबाट कतै पनि नजाने बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment