
२ भदौ, डोटी । डोटीमा सोमबार मात्रै ४६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
शिखर नगरपालिका-१० मा १६, वडानम्बर ९ मा १४, वडानम्बर ७ मा १३ र वडानम्बर १ मा दुईजना गरी ४५ जना नयाँ संक्रमित देखिएका हुन ।
दिपायल सिलगढी नगरपालिका-८ मा एक जनामा कोरोनाको संक्रमण देखिएको डडेल्धुरा अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए ।
डडेल्धुरा अस्पतालले ४५ जना भनी विज्ञप्ति जारी गरेको भए पनि शिखर नगरपालिकाका ४४ जना मात्रै भएको नगरपालिका स्वास्थ्य शाखा संयोजक हरिश शाहले जानकारी दिए ।
उनले संक्रमित देखिएका सबै भारतबाट आइ क्वारेन्टिनमा बसिरहेको बताए । २९ र ३९ गते १९० जनाको स्वाब पठाइएकोमा ४४ जना संक्रमित भेटिएको शाहको भनाइ छ । एकजनाको भने रिपोर्ट आउन बाँकी छ ।
साउन २८ गते डोटीमा एकजनामा नयाँ संक्रमण देखिएपछि त्यसयता नयाँ संक्रमित देखिएका थिएनन् ।
प्रतिक्रिया 4