+
+
Shares

हत्या आरोपी १० वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १३:३३

३ भदौ, जनकपुरधाम । सिराहाको मिर्चेया नगरपालिका-५ का वीरेन्द्रकुमार यादवको हत्या आरोपी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चेया नगरपालिका-९ बस्ने ३० वर्षीय लालकुमार साह रहेका छन् । २०६७ साल असार ११ गते गोली प्रहारबाट यादवको हत्या भएको थियो ।

साहलाई जनकपुरधाम उपमहानगरपालिका-१ स्थित वकील टोलबाट मंगलबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, सिराहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?