+
+

निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै, छाड्दै

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ भदौ ४ गते ९:५७

४ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।

निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिएका छन् ।

तर नयाँ बानेश्वर चोकको विहानको दृष्य भने फरक थियो । त्यहाँ प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केहीबेर होल्डिङ सेन्टरमा उभ्याएर छाडेका छन् ।

बानेश्वर चोकको सडक किनारमा होल्डिङ सेन्टर बनाइएको छ । जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई त्यहाँ व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको हो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन बर्जित गरिएको छ । पसलहरु पनि बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ । प्राय भीडभाड हुने काठमाडौंका सडकहरु निषेधाज्ञा जारी भएपछि सुनसान देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?