Comments Add Comment

पूजा र प्रकाशविचको विवाद टुंगियो

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो ।

दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ ।

साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नवुझेको बताएकी थिइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमती गरिएको बताए । उनले, अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग हुने छैनन् भन्नेमा आफूहरु आशावादी रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment