
४ भदौ, काठमाडौं । जडिबुटीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की छन् ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आकाशे पुल नजिक ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकले पैदलयात्रु कार्कीलाई ठक्कर दिएको थियो । लगत्तै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4