Comments Add Comment

गुल्मीमा शुक्रबार रातिदेखि निषेधाज्ञा

४ भदौ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार शुक्रबार राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म पूर्ण रुपमा लकडाउन हुनेछ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, फलफुल, दूध, पानी, औषधि बोक्ने गाडी र एम्बुलेन्सबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने छ ।

तरकारी, फलफुल तथा मासु पलस बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । दूग्ध जन्य पसल भने बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment