Comments Add Comment

सन्दीप सम्मिलित जमैका पराजित

५ भदौ काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकालाई ७ विकटले पराजित गरेको हो ।

ट्रिनबागोलाई लगातार दोस्रो जित दिलाउन सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे । उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदा बलिङमा १ विकेट लिए ।

नारिनको अर्धशतक र कोलिन मनरोको अविजित ४९ रन मद्दतमा ट्रिनबागोले १३६ रनको लक्ष्य १८.१ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनर लेन्डल सिमोन्स खाता नखोली आउट भएपछि नारिन र मनरोले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै जितसम्म पु¥याए । नारिनले ३८ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५३ रन जोडे ।

डारेन ब्राभोले १४ रन बनाए । मनरोले ४६ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ४९ रन बनाए ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले १ विकेट लिए । उनले नारिनलाई कार्लोस ब्रेथबेइटको हातबाट क्याचआउट गराए । पहिलो खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका हुन् ।

त्यसअघि ब्रायन लारा एकेडेमी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । फिलिप्सले ४२ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ५८ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । आन्द्रे रसेलले २५ र आसिफ अलीले २२ रन जोडे ।

ट्रिनबागोका लागि अली खान र जोएडन सिल्सले २–२ विकेट लिए ।

लगातार दोस्रो जितपछि ट्रिनबागो ४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । एक जित र एक हारपछि जमैका २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ ।

जुक्सको पहिलो जित

पहिलो खेलमा जमैकासँग पराजित भएको सेन्ट लुसिया जुक्सले पहिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा जुक्सले साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्सलाई डिएल मेथडमा ७ विकेटले हरायो । वर्षाले प्रभावित खेलमा बार्बेडेसले १८.१ ओभर खेल्दै ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

तर वर्षाका कारण खेल रोकिएपछि जुक्सले ५ ओभरमा ४७ रनको नयाँ टार्गेट पाएको हो । जुक्सले ४.१ ओभर खेल्दै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जुक्सका लागि आन्द्रे फ्लेचरले अविजित १ रन बनाए । मोहम्मद नावीले १५ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment