Comments Add Comment

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो

५ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २९ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख पाँच हजार ८२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६८ हजार ९८३ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५४ हजार ८४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९८३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका २१ लाख ५८ हजार ९४७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिले ६ लाख ९२ हजार २०८ संक्रमित निको हुन बाँकी छन् ।

भारतमा अहिले दैनिक कोरोना भाइरसको परीक्षण नौ लाख हुन थालेको छ ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment