
५ भदौ, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई थप अधिकार दिइएको छ ।
दक्षिण कोरियाली गुप्तचर एजेन्सीका अनुसार किम जोङ उनले आफ्ना सहयोगीहरुलाई थप जिम्मेवारी दिएका हुन् । समाचारमा बताइएअनुसार किम जोङले अझै पनि ‘पूर्ण अधिकार’ आफैंमा राखेको भए पनि तनाव घटाउन धेरै नीतिगत जिम्मेवारी सहयोगीहरुलाई हस्तान्तरण गरेका छन् ।
दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरे अनुसार मुलुकको सबैजसो मामिला हेरिरहेका किमले अहिले जिम्मेवारी सहयोगीहरुलाई पनि बाँडेका हुन् । यद्यपि दक्षिण कोरियाली गुप्तचर संस्थाले यसअघि गरेका दाबी भने गलत साबित भएका थिए ।
गुप्तचर संस्थाका अनुसार किम यो–जोङलाई अमेरिका र दक्षिण कोरियाको सम्बन्ध हेर्ने जिम्मेवारी दिइएको छ । यससँगै किम यो–जोङ उत्तर कोरियाको दोस्रो दर्जाकी नेता बनेकी छिन् । यद्यपि किम जोङ उनले आफ्नो उत्तराधिकारी भने कसैलाई पनि तोकेका छैनन् ।
केही विश्लेषकहरुले भने यस महिना भएका दुई महत्वपूर्ण बैठकमा किमकी बहिनी उपस्थित नभएकाले उनको घटुवा भएको हुन सक्ने बताएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4