+
+
Shares

बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना संक्रमण

रामहरि ओझा रामहरि ओझा
२०७७ भदौ ५ गते १७:५६

५ भदौ, डोटी । अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र तीन बिरामी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार जम्मा ३७ जनामा संक्रमण देखिएको ढुंगानाका बताए । ‘१९ जना बयलपाटा अस्पतालका स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, तीनजना बिरामी छन्,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने, ‘चारजना बयलपाटा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारी हुन ।’

यस्तै पञ्चदेवल बिनायक नगरपालिका नौ र बान्नीगढी जयगढ गाउँपालिकाका दुई जनामा पनि संक्रमण देखिएको ढुंगानाले बताए ।

स्वास्थ्यकर्मीहरुमा प्रयोशालामा काम गर्ने प्राविधिकहरु रहेका छन् । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको ढुगानाले बताए।

यसअघि पनि अस्पतालका दुईजनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?