Comments Add Comment

अवैध उत्खननमा प्रयोग गरिएका ट्याक्टर, टिपर प्रहरी नियन्‍त्रणमा

५ भदौ, जनकपुरधाम । महोत्तरीको रातु खोलाबाट अवैध उत्खनन गरिएका वालुवा बोकेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार एकै दिन प्रहरीले आठ वटा ट्याक्टर, तीन वटा जेसिबी र एउटा टिपरलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ ।

महोत्तरी गाउँपालिका ४ रतबारा र एकडाराको बीच भाग भएर बग्ने रातु खोलामा अवैध रुपमा बालुवा  उत्खनन् गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट खटिएको टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले ज १ त ९५६२, ज १ त ८६०७, ज १ त ६६३१, ज १ त ५७५०, ज १ त ९८१७, ज २ त १०२७, प्रदेश २–०२–००१ त ०४२९ र नम्बर नखुलेको १ वटा ट्याक्टर तथा ज १ त ७७२४ नम्बरको ट्याक्टरमा फिट भएको जेसिबी र ना.१ ख ३८५५ नम्बरको अर्काे जेसिबीलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, बर्दिबास नगरपालिका ६ किसाननगरस्थित रातु खोलामा अबैध रुपमा उत्खनन गरी रहेको अवस्थामा प्रहरीले एउटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी किसाननगरबाट खटिएको टोलीले ना ३ ख ६७२२ नम्बरको टिपर र अनटेस्ट जेसिबी नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment