+
+
Shares

गुल्मीमा आजबाट एक सातासम्म निषेधाज्ञा

अनिल खत्री अनिल खत्री
२०७७ भदौ ६ गते ८:५६

६ भदौ, गुल्मी । गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।

निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । जिल्लामा तरकारी फलफूल तथा मासु पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् ।

दूध पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अबरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

प्रशासनले चाडपर्वहरु मनाउँदा घरपरिवार मात्रै मिलेर मनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?