
फाइल तस्वीर
६ भदौ, चितवन । सुख्खा पहिरो आएर गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।
राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् ।
जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप निकै कम छ ।
यस वर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढी पटक पहिरो खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4