Comments Add Comment

कर्णालीमा १५ जना नयाँ संक्रमित थपिए, २४ डिस्चार्ज

६ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शनिबार थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये रुकुम पश्चिमका ६ जना, सुर्खेत, दैलेख र जुम्लाका दुई/दुई जना, बाँके, बर्दिया र नवलपरासी पुर्वका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४० पुगेको छ ।

यस्तै, कर्णालीमा शनिबार थप २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९६९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६५ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment