
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । भिम बिसीको संगीत, टिका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र वियोगी हुन् ।
भिडियोको कथा, कोरियोग्राफी र निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् ।
प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको म्युजिक भिडियोमा मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमिकाको आत्महत्यापछि आफ्नो जीवन घिटीघिटी सास मात्र अड्काएको थिम छ ।
स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षेत्री र भिम केसी हुन् भने निर्माता राजेन्द्र खड्का छन् । भिडियोमा अनन्त घिमिरेको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4