
७ भदौ, सुर्खेत । जाजरकोटमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयसहित १९ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । रुकुमको चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।
२० जनामा परीक्षण गर्दा १९ जनाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल पर्सन कृष्ण खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार आइतबार थपिएका संक्रमित भेरी नगरपालिका– ३ र ४ का हुन । जसमध्ये वाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेनाका कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयबासी रहेका छन ।
सदरमुकाम खलंगामा एकै दिन १९ जना नयाँ संक्रमित देखिएपछि जाजरकोटमा एक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
सुरक्षाकर्मी, कर्मचारी र समुदायका केही व्यक्तिमा संक्रमण देखिएपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहनेछ ।
प्रतिक्रिया 4