+
+
Shares

हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १२:३८

८ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ ।

यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

संक्रमण दर बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?